१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सिंगापुर पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने मैनाली पक्राउ

१३ वैशाख, काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनाली रहेका छन् । उनलाई प्रहरीले ठगी गरेकाे अभियोगमा पक्राउ गरेकाे हाे ।

वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीको उनलाई लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १४:५७