१५ भदौ २०८३, सोमबार | Tue Sep 1 2026

४३ लाख कित्ता आईपीओ निष्काशन गर्दै नेपाल रिपब्लिक मिडिया, बोर्डबाट पायो अनुमति

१२ वैशाख, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट वैशाख ११ गते सोमबार कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको हो।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ। नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

प्रकाशित मिति : April 25, 2023 at 12:45 pm