१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

स्थानीय काउली प्रतिकेजी २० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

१२ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, अदुवा १९० रुपैयाँ, कुरिलो २५० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, काँक्रो ९० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

हिजोको तुलनामा काउली ५ रुपैयाँ र अदुका ६० रुपैयाँले प्रतिकेजी मूल्य बढेर आएको छ । त्यस्तै,सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ,लोकल गाजर प्रतिकेजी ६० रुपैयाँ,राजमा घिउ सिमी ६० रुपैयाँ, घिरौँला ३० रुपैयाँ, लोकल परवर ६० रुपैयाँ, गान्टे मूला ४० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ,ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ,मटर कोशा ६० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको समितिले जनाएको छ ।

चमसूरको साग ७० रुपैयाँ, रायोको साग ४० रुपैयाँ,भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र फर्सी ४० रुपैयाँ प्रतिकेजी मूल्य रहेको छ । यस्तै फलफूलको मूल्य पनि सार्वजनीक भएको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, केरा १७० रुपैयाँ, फूजी स्याउ २२५ रुपैयाँ, मौसम १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, कागती २२० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, किवि ४०० रुपैयाँ तथा अमला १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : April 25, 2023 at 12:01 pm