काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण गर्दै
११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थल स्राेतले जनाएकाे छ ।
१६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ । जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ।
प्रकाशित मिति : April 24, 2023 at 9:40 pm









