प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से
११ वैशाख, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १८.८० अंकले घटेर १८८५.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ५ कम्पनीको २७ लाख १८ हजार ७५२ रुपैयाँ बराबरको ३ हजार २९२ कित्ता सेयर किनबेच भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य स्थिर रहेको छ।
प्रकाशित मिति : April 24, 2023 at 11:00 am









