१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राज्यको कारण सरकारी विद्यालयहरुको गुणस्तर खस्कियोः महासचिव विप्लव

१० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर बढ्न नसक्नुमा राज्यको नीति दोषी रहेको बताएका छन् । काठमाडौंमा आयोजित शिक्षा बहस कार्यक्रममा महासचिव विप्लवले नेपालको विश्वविद्यालय प्रतिस्पर्धात्मक नभएको भन्दै विश्वविद्यालयहरु कमजोर हुनु राज्यको नीति कमजोर भएको बताए ।

उनले सरकारी विद्यालयहरु सबै बेचेर खान तिर मात्र लागेको आरोप पनि लगाए् । उनले भने, सरकारी विद्यालय खस्किएको छ, यो राज्यले स्वामित्व दिन नसकेर शिक्षालाई गुणस्तर बनाउन नसकेर हो । नेपालको विश्वविद्यालय प्रतिष्पर्धात्मक भएन टियूका कर्मचारीसँग कुरा गरेको छु सबै बेचेर खानतिर मात्र छन् । बेच्न खोजिरहेको छ मैले रोकेको हो । विश्वविद्यालय कमजोर हुनुमा, राज्यको गल्ती छ । ,

महासचिव विप्लवले राजनीतिक परिवर्तन भनेको आर्थिक परिवर्तन भएको भन्दै राजनीतिक दलहरु देश सुधारमा भन्दा मन्त्री र संसद हुने कुरामा मात्र लागेको बताए । उनले देशको राजनीतिमा भ्रष्टाचार बढेको भन्दै राजनीतिक क्षेत्रमा भएको भ्रष्टीकरणले देशको शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा प्रभाव पर्ने बताए ।

उनले भने, राजनीतिक परिवर्तन भनेको आर्थिक परिवर्तन मन्त्री र सांसद हुनेमा मात्रै ध्यान छ सबैको त्यो परिवर्तन होईन आर्थिक जीवनको परिवर्तन हो परिवर्तन त्यसमा सुधार नगरे काम छैन् । राजनीतिमा भ्रष्टीकरण भयो भने सबै स्थानमा असर पर्छ, त्यसकै प्रभाव हो शिक्षामा देखिएको समस्या ।

विप्लवले वैज्ञानिक समाजवाद नेपालमा ल्याउने हो भने नेपालको युवाको भविष्य निमार्ण र देश विकासमा सहयोग पुग्ने बताए ।
उनले नेपालमा माओवादी जनयुद्धले ल्याएको सेवा सुविधा सबैले उपभोग गरेपनि माओवादीलाई अपराधी बनाउन पाए रमाउने प्रवृत्ति रहेको भन्दै त्यो आफूलाई मान्य नभएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १५:४३