बस र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु
२५ असाेज, कैलाली । कैलालीको गोदावरी नगरपालिकामा बिहीवार बस र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार गोदावरी नगरपालिका–१ वनखेत नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का २८ वर्षीय हेमन्त साउँद र २६ वर्षका विक्रम खड्का रहेका छन् । टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना५ख ८०४९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको से५प ७५३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १८:०७












