१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

-लक्ष्मण सिटाैला

हिर्काउछौ ?
हिर्काउ छातीमा
म त ढुङ्गा हु ! सम्बेदनहीन छु

दुख्न छोडेको धेरै भो
शरीरमा रगत
र आँखामा आँसु सुकिसकेपछी
तिम्रो घोचाइको कुनै अर्थ छैन !

मलाई फूलमाया भन
या पारिजातकि सकम्बरी भन
सिउदो रंगिनु र सिउदो पुछिनुमा के फरक ?
बेस्या बनाउनु र पत्नी बनाउनुमा के फरक ?

सिन्दुर एक धर्सो लाएपछि
म बैध बेस्या बन्छु
नलाएपछी अबैध ?
म के हु ? बैध हु या अवैध ?
हजारौं सुयोगवीरहरुले
भन्दिनुपर्ने म बैधानिक हु
कि अबैधानिक ?

मलाई बेस्या बनाउने
तिनै सुयोगवीरहरु
मलाई बिश्व सुन्दरी बनाउने पनि
तिनै सुयोगवीरहरु
मलाई सडकमा पुर्याउने पनि
उनै सुयोगवीरहरु

सयौं सपुतहरुको भिडमा
हजारौं कपुतहरु उभिएर
मेरो लाजको खिल्ली उडारहेछन
यहाँ देश नै बलात्कृत भएको बेला
राजनीतिका सुयोगवीरहरु
निर्लज्ज हास्दै
दिउसै रातपार्छन

मैले ओठ बेच्दा
सुयोगवीरहरू नैतिकता बेच्छन
मैले योनि बेच्दा
सुयोगवीरहरू देश नै बेच्छन
भन्नुस को पापी ?
सकम्बरी कि सुयोगवीर ?

प्रकाशित मिति : April 23, 2023 at 10:49 am