१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

२५ असोज मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएकाे  । अाफ्नै साथीकै सहयोगमा ती बालिकामाथी सामुहिक बलात्कार भएकाे प्रहरीले जनाएकाे छ ।

स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् । पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरसम्म लगेकी थिइन् । उनलार्इ भोलिपल्ट बिहान ५ बजे उनकै घर नजिक बिछिप्त अवस्थामा भेटिएकी भेटाइएकाे थियाे ।

बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएकाे छ ।

 

 

 

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १६:५०