१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

विखण्डनकारी शक्तिको गतिविधि नियालिरहेका छौं : प्रधानसेनापति थापा

२५ असाेज, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले देश विखण्डनको नारा लिएर अगाडि बढेकाहरुको गतिविधि नियालिहरको बताएका छन् । बिहीबार जंगी अड्डामा आयोजित ‘प्रधानसेनापति–पत्रकार अन्तरक्रिया कार्यक्रम’मा बोल्दै थापाले विखण्डनवादीको गतिविधिबाट हुनसक्ने खतराप्रति नेपाली सेना रहेकाे बताए ।

नेपाली सेना पनि भ्रष्टाचारको चंगुलबाट अछुतो नरहेकाे बताउँदै प्रधानसेनापति थापाले नेपाली सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र भएको बताए । उनले भने, ‘नेपाली सेनाको एकल प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव नभएकाे र भर्ना छनोट तथा मिसनमा भएको भनिएको अनियमितताबारे छानबिन भइरहेको समेत बताए ।

सरकारले दिएको विकास निर्माणकाे जिम्मेवारी नेपाली सेनाले  बहन गर्दैगर्दा सेनाको व्यवसायिकतासँग जोडेर विवादमा तान्ने गरिएकोबारे प्रधानसेनापति थापाले असन्तुष्टि जनाए ।

सगठनका सिपाहीदेखि अधिकृतसम्मलाई समान अवसर प्रदान गरेकोसेनाले जंङ्गी अड्डामा ‘पेपरलेस टेक्नोलोजी’ मार्फत कार्यालयको काम शुभारम्भ गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १६:२९