५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

८ वैशाख, काठमाडाैं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा काराेबार भएकाे छ ।

बिहीबार सुनकाे मूल्य ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदीको मूल्य स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:००