१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

डिजिटल ठगीविरुद्ध चेतना जगाउन १ महिने फुट–टेक फुटसल हुने

७ वैशाख, काठमाडौं । आइटी, प्रविधितथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूबीच बृहत् फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ ।
एड मिडिया प्रालिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डिजिटल ठगीविरुद्धको अभियानअन्तर्गत “म सतर्क छु“ भन्ने सन्देशसहित आयोजना गरिने फुटसल प्रतियोगिता यही वैशाख ९ गतेदेखि आरम्भ हुने जानकारी दिइएको छ ।

कार्यक्रम प्रस्तोता विकल्प खरेलका अनुसार उद्योग व्यवसायीहरुबीच सहकार्य, सोहाद्र्वता तथा स्वस्थ प्रतिष्पर्धाको प्रवद्र्धन गर्नु नै फुटसल प्रतियोगिताको प्रमुख उदेश्य भएको बताए ।

उनले भने,‘आइटी, प्रविधितथा डिजिटल प्रणालीका सेवा प्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरु हुँदै छ । यस फुट–टेक फुटसल २०२३ प्रतियोगिताको प्रमुख उद्धेश्य भनेकै देशका अग्रणी आइटी, प्रविधितथा डिजिटल प्रणालीका सेवा प्रदायक कम्पनीहरू एक अर्कासँग प्रतिष्पर्धा गर्ने र उद्योग व्यवसायीहरुबीच सहकार्य, सोहाद्र्धता, तथा स्वस्थ प्रतिष्पर्धाको प्रवद्र्धन गर्नु रहेको छ ।’

उनले डिजिटल प्रणालीका सेवाप्रदायकहरु एकजुट हुने यो बृहत् प्रतियोगिता अन्तर्गतको मैत्रीपूर्ण प्रतिष्पर्धा‘म सतर्क छु’ नामक डिजिटल ठगीविरुद्धको अभियानको एक कार्यक्रम रहेको बताए। यो फुटसल प्रतियोगिता १ महिना चल्नेछ भने आगामी जेठ महिनामा यो प्रतियोगिताको फाइनल खेल खेलिनेछ ।

अहिलेको डिजिटल युगमा आफ्नो पहिचान तथा जानकारी सुरक्षित राख्नुपर्ने सचेतता प्रवद्र्धन गर्न“म सतर्क छु’भन्ने सन्देशसहितको यस प्रतियोगिता सफल हुने विश्वास पनि आयोजकको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १६:२८