१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

२ करोड ३३ लाख २८ हजार बराबरको लागू औषधसहित दुई विदेशी नागरिक पक्राउ

७ वैशाख, काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले दुई विदेशी नागरिकबाट २ करोड ३३ लाख २८ हजार बराबरको लागू औषध बरामद गरेको छ । बिहीबार काठमाडौंको कोटेश्वरस्थितव्युरोको कार्यालय आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार इथियोपियाबाट काठमाडौं भित्रिएको उक्त लागू औषध भारतीय नागरिकबाट बरामद भएको थियो ।

वैशाख ५ गते विहान ९ बजे काठमाडौंको ठमेल स्थित एक होटलबाट अलिगढ उत्तर प्रदेश भारतका रवीन्द्रकुमार परिसर पक्राउ परेपछि लागू औषधको ओसारपसारको रहस्य खुलेको थियो । ५१ बर्षीय परासरलाई पक्राउ पछि केरकार गर्दा इथियोपियाबाट काठमाडौंसम्म ल्याएर परासरलाई लागू औषध दिने केन्याली नागरिक वान्जा डिरिटुलाई पनि प्रहरीले पक्राउ गरेको लागू औषध नियन्त्रण व्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

उनले भने ‘ परासरको साथमा रहेको कपडाको कालो व्याग भित्र लुकाई राखेको खेरो रंगको लेडिज व्यागमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको अवस्थामा १ केजी ८० ग्राम कोकिन बरामद भएको थियो ।

भारतीय नागरिक परासरलाई ठमेलको एक होटलबाट नियन्त्रणमा लिइएको थियो भने डिरिटुलाई पनि ठमेलकै अर्को होटलबाट १ हजार अमोरिकी डलरसहित पक्राउ गरिएको हो । ’ पक्राउ परेका दुबै जनालाई लागू औषध ( नियन्त्रण ) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि जोशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १६:२३