१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

मुक्तिनाथ विकास बैंकको नाफा ८० करोड बढी, प्रतिसेयर आम्दानी घट्यो

७ वैशाख, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्ममा बैंककाे वितरण योग्य मुनाफा ३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । याे अवधिमा बैंककाे सञ्चालन मुनाफा २१.०३ प्रतिशतले घटेको छ भने बैंकको निष्क्रिय कर्जा ०.१७ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । याे अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा घटेर १६ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । उक्त अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १२:४७