१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

मेरो पाँच वर्ष खाल्डो खन्ने र पुर्नेमै सकिएला जस्तो छः मेयर शाक्य

२५ असोज, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले अाफ्नो कार्यकाल खोल्डो खन्ने र पुर्नेमै सकिने हो कि भन्दै चिन्ता प्रकट गरेका छन । बिहीबार पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा मेलम्ची परियोजनाको कारण पूरै कार्यकाल खाल्डो खन्ने र पुर्नेमै बित्ने हो कि भन्ने चिन्ता लागेको बताए ।

मेयर शाक्यले काठमाडाैँवासीको बहुप्रतिक्षित अायोजना भएका कारण मेलम्चीका लागि सबैले साह्रोगाह्रो सहनु परेकाे बताए । महानगरमा अाफू अाएपछि धेरै काम भएको भन्दै मेयर शाक्यले सम्पादन भएका कामको लामो फेहरिस्त प्रस्तुत पनि गरे । काठमाडाैँलार्इ हरियाली बनाउने अभियान सुरू गरिएको भन्दै रूख रोप्नका निम्ति सबैलार्इ प्रेरित गरिने बताए । उनले जनचाहना अनुसारका काम नै भैरहेको भन्दै कतिपय विकासका काममा अबरोध सिर्जना हुँदा समस्या भएको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ०९:४५