१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

समृद्धिको पहिलो आधार शान्ति सुरक्षा : प्रधानमन्त्री ओली

२५ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार भएको बताउनु भएको छ । ६३ औं प्रहरी दिवसका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनको प्रमुख जिम्मेबारी रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाएको उल्लेख गर्दै अपराध अनुसन्धानमा अब्बल रहेको प्रहरी एउटा मुद्दामा पनि चुक्न नहुने बताए। उनले प्रहरी संगठनलाई समयसापेक्ष बनाउन आवस्यक रहेको र यसका लागि सरकारले प्रयास गरिरहेको समेत बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ०९:२९