११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मगर समाज साउथ अष्ट्रेलियाको साधारण सभा, अध्यक्षमा पुनः गोविन्द राना

एडिलेड मगर समाज साउथ अष्ट्रेलियाको तेस्रो साधारण सभाबाट पुन: तेस्रो कार्यकालका लागि गोविन्द राना मगर अध्यक्षमा चयनभएका छन्

यसै गरि उपाध्यक्ष तेज थापा मगर निमा थापा मगर, सचिव डिआर थापा मगर, सह सचिव रविन थापा मगर, कोषाध्यक्ष पनु पुन थापापुलामी तथा सदस्यहरु राम गाहा मगर, कमल थापा मगर, सुवास थापा मगर, होम थापा मगर, हिमाल आले मगर, दिपिका राना मगर, रुपेश पुन मगर चयन भएका छन् ।यसै गरि कार्यक्रम संयोजक युवराज थापा मगर सांस्कृतिक संयोजक कोपिला आले मगर चयनभएका छन्

साधारण सभाले समाजको सल्लाहकारमा दिनेश राना मगर, विजय थापा मगर, बिशन थापा मगर, भीमराज थापा मगर, मधु पुलामीथापा मगरलाई चयन गरेको

साधारण सभामा समाजद्वारा विभिन्न समयमा आयोजित कार्यक्रमका स्वयंसेवकहरुको सम्मान समेत गरिएको थियो

पुन: निर्वाचित अध्यक्ष मगरले समाजले प्रवासमा मगर संस्कृतिको संरक्षण प्रवर्धन गर्दै समग्र नेपाली समुदायको हितमा थप क्रियाशिलहुने बताए

प्रकाशित मिति : April 19, 2023 at 12:55 pm