१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

तेस्रो त्रैमासमा निफ्राको नाफासँगै अधिकांश सूचकमा छलाङ, प्रतिसेयर आम्दानी कति ?

६ वैशाख, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

बैंकले सार्वजनिक गरेकाे विवरणअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १६ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ भएको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ९९ करोड २० लाख रुपैयाँ भएको थियो। बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब ४४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब २९ करोड रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ४१.२९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ९९.१२ प्रतिशत र कर्जा ८४.८६ प्रतिशत बढेको छ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ रुपैयाँ २९ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ रुपैयाँ ८८ पैसा बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ।

प्रकाशित मिति : April 19, 2023 at 10:50 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/