५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैनः सांसद आचार्य

५ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले देशलाई बन्धक बनाएर जाने छुट कसैलाई नभएको बताएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले देशलाई बन्धक बनाएर जाने छुट कसैलाई नभएको भन्दै मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए।

उनले भने ‘ देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन । आज यो अवस्थाबाट मुलुक गुज्रि रहेको छ । सरकार प्रति मेरो प्रश्न छ । ’
सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भन्ने प्रश्न समेत उनले गरे ।

‘प्रधानमन्त्री जी लाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईंहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ?कतिवर्ष लाग्छ ? ’उनले थपे, ‘अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ?कति दशक लाग्छ कि वर्ष लाग्छ कि  वा शताब्दी लाग्छ ? उत्तर चाहियो

उनले मुलुकमा किसान, मजदुर र जनता सबै समस्या रहेको बताउँदै राज्यले कसैको समस्यामा पनि ध्यान नदिएको जिकिर गरे ।
सरकारले जनताको काम नगर्ने तर जनताको नाममा गफ दिएर हिड्नु बेकार भएको पनि सांसद आचार्यको भनाइ थियो

प्रकाशित मिति : 16:53