८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

मासिक पारिश्रमिकबाट ३ हजार रूपैयाँ खेलाडीका लागि छुट्याउने ज्ञानेन्द्र शाहीको घोषणा

५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसद सत्ता र कुर्सीको लागि मात्र प्रयोग भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले बहुदलीय व्यवस्था पुर्नस्थापना भएको ३४ वर्ष वित्दा पनि नेपालीको भविष्य बनाउन संसदले केहि नगरेको आरोप लगाए ।

उनले भने,‘ यो देशमा बहुदलीय व्यवस्था भएको ३४ वर्ष भयो तर कस्सम खाएर भन्छु यो देश विकास हुनुको साटो विनाश हुँदै गइरहेको छ । ३४ वर्षको इतिहासमा देश बनाउने थलो नेपाल र नेपालीको भविष्य उज्ज्वल बनाउने कोही हो भने त्यो संसद हो । तर विडम्बनाकासाथ भन्नुपर्छ ३४ वर्षको इतिहासमा विकासको लागि भन्दा पनि सत्ता र कुर्सीको लागि यो सदन प्रयोग भयो। आज संसद र आज मूलुक धरासयी भयो । ’

उनले प्रत्येक महिनाको आफ्नो तलबबाट तीन हजार रुपैयाँ खेलाडीलाई खर्च गर्ने घोषणा पनि गरे । प्रदेशलाई खारेज गरी १६५ सांसदहरुबाट १०५ जनालाई प्रत्यक्ष सांसद बनाउन पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १५:४९