११० रुपैयाँमा कुमारी बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
५ वैशाख, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले ७२ हजार ६४४ कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा ल्याएकाे हाे । बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र अन्य संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि वैशाख ११ गतेसम्म काठमाडाैंकाे नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन् ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ११:५५