५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३६ पैसा र बिक्री दर १६३ रुपैयाँ ११ पैसा रहेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ४६ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ शून्य पैसा रहेको छ। त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ११:३१