१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेष्डोलाई करिब १८ प्रतिशत लाभांश बाड्न राष्ट्र बैंकको निर्देशन, तत्काल कार्यान्वयन नगर्ने संस्थाको निर्णय

५ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आथिृक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांशमा भारी कटौती गरेको छ। राष्ट्र बैंकले कम्पनीलाई हिजाे पत्र पठाउँदै उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको हाे ।

गत चैत ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजीकाे ५० प्रतिशत बोनस सेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश कम्पनीले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो। तर राष्ट्र बैंकले उक्त लाभांशमा कटाैती गर्दै १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको हाे ।

लघुवित्तको संचालक समितिले भने राष्ट्र बैंकको यो निर्देशन कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन २०७९ फागुन १० गते जारी शंसोधित निर्देशनको व्यवस्थासंग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्था विच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र वैंकवाट स्वीकृत लाभांशको जानकारीले शेयरधनिले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने निर्णय कम्पनीले गरेको छ ।

राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र केन्द्रिय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपुर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्ने निर्णय लघुवित्तले गरेको छ।

प्रकाशित मिति : April 18, 2023 at 11:13 am