२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

कागती प्रतिकेजी २३० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

५ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३१ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५रुपैयाँ, कागती २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी रहेका छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ब्रोकाउली ५० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ५० रुपैयाँ केजी र हरियो धनियाँ ४० रुपैयाँमा पाइने छ । कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २२५ रुपैयाँर आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ, किवि ४०० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : April 18, 2023 at 10:16 am