८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

मलेसियाविरुद्धको खेलमा ज्ञानेन्द्र, प्रतिश र करण बेन्चमा

५ वैशाख, काठमाडौं । एसिया कप छनोटका लागि हुन लागेको एसीसी प्रिमियर कप प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर बलिङ सुरु गरेको छ । खेल कीर्तिपुरस्थित त्रिवि रंगशालामा हुँदैछ । टस जितेर मलेसियाले ब्याटिङको निर्णय लिएपछि नेपालले ब्याटिङ सुरु गरेको हो ।

खेलमा ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी र करण केसीलाई बेच्नमा राखिएको छ । नेपालले कप जिते भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । खेल हेर्न बिहानैबाट रंगशालामा समर्थकको भीड लागेको छ । पहिलो खेलमा नेपालले मलेसियासँग खेल्नेछ । दोस्रो खेल ओमानसँग खेल्नेछ । दोस्रो खेल पनि त्रिवि क्रिकेट रंगशालामै ८ बैशाखमा हुनेछ ।

त्यस्तै, तेस्रो खेल ११ बैशाखमा हुनेछ । उक्त खेल मुलपानीस्थित क्रिकेट रंगशालामा हुनेछ । नेपालले तेस्रो खेल साउदी अरेबियासँग खेल्नेछ । १४ बैशाखमा हुने अन्तिम खेल नेपालले कतारसँग खेल्नेछ । बिजयी टिम एसिया कपमा छनोट हुनेछ ।
खेलको समुह ‘ए’मा नेपालसहित ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समुह ‘बी’मा युएई, कुवेत, हङकङ, सिंगापुर र बहराइन रहेका छन् । ५ बैशाखदेखि १८ बैशाखसम्म चल्ने खेलमा १६ बैशाखमा सेमिफाइन र १८ बैशाखमा फाइनल हुनेछ ।

नेपालको प्लेइङ ११ः कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने ।

मलेसियाको प्लेइङ ११ः अहमद फाइज, वीरनदीप सिह, सइद अजिज, विजय उन्नी, वाफिक इफ्रान, फित्री साम, अमिर अजिम, सेजरुल इजात, स्याहादाद राम्ली, रिजवान हैदर र खिजार हायत ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०९:५३