१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

काठमाडौँमा आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । नेपालका लागि रणनीतिक महत्वको मानिएको ८औं उर्जा सम्मेलन आज(मंगलवार)बाट काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनमा भारतसहित बंगलादेश, भूटान, श्रीलंका, माल्दिब्स, म्यानमार लगायत ३० मुलुकका ३ सयभन्दा धेरै प्रतिनिधि सहभागि हुनेछन् ।

सम्मेलन दुई दिनसम्म चल्नेछ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इपान)ले गरेको सम्मेलनमा सह–आयोजक लगानी बोर्ड रहेको छ । सम्मेलनमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको उच्च अधिकारी, विद्युत उत्पादन कम्पनी, प्रसारण तथा वितरण कम्पनी, पावर ट्रेडिङ कम्पनी, परामर्शदाता कम्पनी लगायत उर्जासँग सम्वन्धित बिषयविज्ञहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने इपानले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०९:२४