२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

परराष्ट्रमन्त्री साउदलाई गैरआवासीय नेपाली सङ्घको बधाई

४ वैशाख, काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई गैरआवासीय नेपाली सङ्घको प्रतिनिधिमण्डलले भेटेर बधाई दिनुका साथै आठ बुँदे मागपत्र प्रस्तुत गरेको छ ।

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायत विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो । सङ्घले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानूनी प्रक्रियालगायत विषयमा सम्बोधनका लागि पहल गरिदिन हुन अनुरोध गरेको छ ।

सो अवसरमा युरोप क्षेत्रमा यही मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यताका लागि मन्त्री साउदलाई निमन्त्रणा गरिएको र उनले उक्त बैठकलाई प्राथमिकतामा राखी सम्पर्कमा रहने समेत जानकारी दिएका थिए।

भेटमा गैरआवासीय नेपाली सङ्घका सचिव गोविन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेललगायत भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : April 17, 2023 at 6:22 pm