२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

धुर्मुस–सुन्तली फाउन्डेसनको साँढे १२ करोड सरकारले तिर्ने, ६ करोडमा धुर्मुसको दाबी पुगेन

४ वैशाख, काठमाडाैँ । धुर्मुस–सुन्तली फाउन्डेसनको १२ करोड सरकारले तिर्ने भएको छ । मन्त्रिपरिषद्ले फाउण्डेसनले मागेको १६ करोड मध्ये १२ करोड रूपैयाँ तिरिदिने गरी निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा १८ करोड ऋण लागेको भन्दै रूवाबासी गरेका हास्यकलाकार सिताराम कट्टेलले १२ करोड रूपैयाँमात्र पाउने भएका छन । धुर्मुसले लागत भन्दा ६ करोड बढी ऋण देखाउने प्रयास गरेको भए पनि त्यो असफल भएको छ ।

सरकारले लागत र ऋणको हिसाब निकाल्नका लागि गठन गरेको छानविन समितिले १२ करोड रूपैयाँको मात्र हिसाब निकालेपछि धुर्मुस तनावमा परेका छन । प्रधानमन्त्री कार्यालय स्रोत भन्छ ‘धुर्मुसले लागत भन्दा बढी ६ करोड रूपैयाँ कुम्ल्याउने अभिप्राय राखेर दाबी गरेको देखियो । छानविन समितिले जम्मा १२ करोड रूपैयाँमात्र तिरे पुग्ने गरी मूल्यांकन प्रतिवेदन तयार गरेको छ । सोही अनुसार भुक्तानीको प्रकिया अघि बढेको छ । उनले १८ करोड दाबी गरे पनि १२ करोड भन्दा बढी पाउँदैनन् ।’

छानविन समितिले साँढे १२ करोड ऋण मुल्याकंन गरेको भए पनि मन्त्रिपरिषद्ले १२ करोडमात्र ऋण तिर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । उक्त रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराउने पक्रिया अघि बढेको छ । उनका अनुसार अब सरकारले रंगशालाको सम्पूर्ण स्वामित्व लिएर निर्माण अघि बढाउने छ ।

प्रकाशित मिति : April 17, 2023 at 1:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/