११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

हरिवंशले गरे खेलाडी सम्मान, उत्कृष्ट खेलाडीको सम्मान प्रमेश गिरीलाई

४ वैशाख एडिलेड वरिष्ठ कलाकार हरिवंश आचार्यले रेड राईनो क्रिकेट क्लवका खेलाडीहरुलाई सम्मान गरेका छन् क्लवका संरक्षक समेत रहेका आचार्यले क्लवद्वारा आयोजित गाला डिनमा विभिन्न विधामा खेलाडीहरुलाई सम्मान गरेका थिए जसमा प्रमेश गिरीलाई उत्कृष्ट खेलाडी सम्मान, विनोद शर्मालाई उदाउदो खेलाडी सम्मान, संकल्प प्रधानलाई कन्सिसटेन्ट खेलाडीसम्मान, विजय थापालाई ग्रेट इफोर्ट मेकर खेलाडी सम्मान,दिनेश थापालाई पोटान्सियल राइनो सम्मान, विपिन सुवेदीलाई ट्रुस्प्रीट राइनो सम्मान गौरव बस्नेतलाई रेड राईनो क्रिकेट क्लव पर्सनअफ एयर सम्मान प्रदान गरियो

कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले खेलाडीहरुलाई बधाई दिदै आगामी बर्षमा थप उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए उनलेअष्ट्रेलियामा रहेका नेपालीहरु शिक्षितहरु भएकाले यहा नेपालको इज्जत हुने काम गर्न मातृभूमिका लागि पनि योगदान गर्न आग्रह गरे `तपाइहरु विभिन्न कारणले विदेशी भुमिमा हुनुहुन्छ तर पनि जन्म भुमी प्रतिको दायित्व सधै संझदै आगाडी बढ्नु होला ´ उनले भने

कार्यक्रममा क्लवका अध्यक्ष हेम श्रेष्ठले स्थापना देखिका सहयोगी तथा खेलाडीहरुलाई धन्यवाद दिदै आगामी वर्षका लिग खेलहरुमाक्लवले थप राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे

यसै क्लवका सचिव सुनी पौडेल, व्यवस्थापक सुमन ढकाल कप्तान परमेश गिरीले सम्वोधन गरेका थिए कार्यक्रममा वरिष्ठकलाकार आचार्य सहित टिका प्रसाई, विक्रम वराल, सुन्दुक दोर्जे लामा लगायतले गित प्रस्तुत गरेका थिए

साउथ अष्ट्रेलिया विभिन्न संघ संस्थाका अगुवा तथा खेलाडीहरु वाक्लो उपस्थिति रहेको कार्यक्रममा सौजन्यकर्ता तथा सहयोगीहरुलाईपनि सम्मान गरिएको थियो कार्यक्रमको संचालन रुद्र उपाध्याय सबा डिसी न्यौपानेले गरेका थिए

प्रकाशित मिति : April 17, 2023 at 12:53 pm