११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सार्वजनिक सवारी साधनलाई अाजदेखि रुट परमिट खुला, जुनसुकै रूटमा सवारी गुडाउन सक्ने

२४ असोज, काठमाडाैँ । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ। विभागले नेपालीहरूको महान् पर्व दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताए ।

विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ।ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने ठूला सवारी साधनलाई रोक लगाएको हो।

प्रकाशित मिति : October 10, 2018 at 10:03 am