३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

३ वैशाख, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले ६९ करोड ८ लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको आरोपमा आयोगले आइतबार यनिमाथि विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भए भन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको अख्तियारको आरोप छ ।

बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रीक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्रुी अफ गर्गान भएको पाइएको छ ।

प्रकाशित मिति : April 16, 2023 at 4:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/