१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

३ वैशाख, काठमाडौं । नेपालमा हुने हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि घरेलु टोलीको घोषणा गरिएको छ । आगामी बैशाख ५ गतेदेखि काठमाडौंमा सुरु हुने एसीसी प्रिमियर कपका लागि रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी समेटिएका छन् ।

यस्तै अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीको रुपमा रहेका छन् । एसीसी प्रिमियर कपमा एसियाका टेष्ट खेल्ने बाहेकका १० एसोसिएट टोली सहभागी हुन्छन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । यसपटक समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । प्रिमियर कपका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा खेलिनेछन् ।

प्रकाशित मिति : April 16, 2023 at 3:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/