६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

नेप्सेसँगै लगातार खुम्चियो कारोबार रकम, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

३ वैशाख, काठमाडाैं । नयाँ बर्ष २०८० काे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२८ अकंले घटेर १९३१.६८ बिन्दुमा बन्द भएको छ । आज २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता किनबेच हुदाँ ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको कारोबार भएको छ ।

आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको सेयर मूलय घटेको छ । त्यस्तै १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको यस दिन ३ करोड ८९ लाख रुपैयाँ बराबारको सेयर कारोबार भएको छ। आज आदर्श लघुवित्त, मोलुङ हाइड्रोपावर र कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन एसियन हाइड्रोपावरका  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १५:१९