६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

छुट्ला है ! एक कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ वैशाख, काठमाडाैं । नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज वैशाख ३ गते आइतबार अन्तिम दिन रहेको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख ३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

संस्थाकाे नवौँ वार्षिक साधारणसभा वैशाख १५ गते धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६.०३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण लाभांशमा कर छुट प्राप्त गर्नेछन । जसको कारण संस्थाले कर प्रयोजनका लागि नगद लाभांशको घोषणा गरेको छैन ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ०९:१५