“फूल रोएको रात” को कथा…
२ वैशाख, काठमाडाैँ । स्वर्गीय गोपाल योञ्जनको संगितमा”फूल रोएको रात” सार्वजनिक भएको छ । बहुअायामिक छवी भएका गीतकार लक्ष्मण सिटाैलाको शब्दमा धर्म मानन्धरले स्वर दिएका छन । गीतको एरेन्जमेन्ट सुरजकुमार थापाले गरेका छन । शनिबार धर्म मानन्धरको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
गीतको बारेमा गीतकार लक्ष्मण सिटाैलाले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका छन ।
२०४७ साल मङ्सिर १९ गते स्वर सम्राट नारायणगोपालको भौतिक रूप यो धराबाट अन्त हुँदा म त्रीचन्द्र कलेजमा ब्याचलर अध्ययन गर्दै थिए र जागिर थियोे नेपाल वायुसेवा निगममा। नेपालका विभिन्न पत्रपत्रिका मार्फत लेखहरु प्रकाशित गरिरहन्थे ।म गीत सङ्गीत भजनमन्डली साङ्गितिक कार्यक्रममा बरोबर सरिक भैरहन्थे। त्यतिबेला क्रसचेक मासिकमा म सह सम्पादक थिए। अन्जु पन्तको एउटा अन्तर्वार्ता लिएको थिए। छापाहरुमा बरोबर आइरहन्थे। मेरो लागि त्रीचन्द क्याम्पसमा एउटा खबर छोडिएको थियो कि” रत्नबुक” का प्रोपाइटर गोबिन्द श्रेष्ठले मलाई भेट्न् खोज्नु भएको छ।म भेट्न् गए । मैले जे बिषयको कल्पना गरिरहेको थिए त्यही बिषयको बारेमा उहाँले जिज्ञासा राख्नुभो नारायणगोपालको जिवनी लेखन। म खुसी भए । त्यही क्रममा मैले विभिन्न सघ सस्था रेडियो नेपाल देखि त्रिभुवन बिश्वबिद्यालय सम्म अनि तारा देवी,पेमला गुरुवाचार्य हुँदै गोपाल योन्जनसम्मको मेरो अनुसन्धान सुरु भयो।
यो भाग्यमानी गीत मैले ४७ साल चैत महिनामा लेखेको थिए गोपाल दाइसग नारायणगोपालको बारेमा अन्तर्वार्ता लिने क्रममा । २०४८ बैशाख महिनामा यो गीतको धुन तयार भयो। यो गीतको धुन एक बसाइमा तयार गरिएको थियो। गोपाल दाइको निजि निवास धापासीमा। हामी साथमा थियौ- भाउजू रिन्छिन योन्जन,ईश्वर आमात्य, म लगायत गोपाल दाइको छोरा । यो गीतको धुन ईश्वर आमात्यलाइ सिकाइयो। ईश्वरजीसग यो गीत ३० बर्षसम्म यतिकै रह्यो तर जिवित रह्यो।
पछि नारायणगोपालको जिवनी किताबको मार्फत मेरा अनन्य मित्र धर्म मानन्धर सग मेरो सङ्गत हुँदै जादा उहाँमा गजबको गायकी प्रतिभा देखेर ” फूल रोएको रात” उहाँलाई दिउ जस्तो लाग्यो। यो गीत मधुवन्ती रागमा आधारित छ र असाध्य गाउन गाह्रो छ है भन्नुहुन्थ्यो श्रद्देय सङ्गीत सम्राट गोपाल योन्जनले त्यसैले पनि यो गीत ३२ बर्ष लाग्यो बाहिर आउन। आज बिहान मात्रै मैले आदरणीय भाउजू रिन्छिन योन्जनको फोन पाए। उहाँ असाध्य खुसी हुनुभो यो गीतलाई अहिलेसम्म बचाएर राखेकोमा भनेर।
सम्भवत गोपाल दाइले सङ्गीत भरेको यो गीत नै अन्तिम निशानी हो। नेपाली गीत सङ्गीतलाइ अन्तरास्ट्रिय रूपमा चिनाउने एक महान सर्जक गोपाल योन्जन गीत सङ्गीतका बिश्वबिद्यालय हुन। उहाँको बारेमा अनुसन्धान हुनु त्यतिकै जरुरी छ किनभने दरबारको छानो हेरेर मात्रै यस्को गरिमा गाउने आदत बसेका हामी नेपालीले यस्को बलियो जगको बारेमा चासो राख्दैन । गोपाल योन्जन छानो होइनन् ती त जग हुन जस्को भरमा नेपाली सङ्गीतको महान भवन उभिएको छ। उहाँले मलाई भन्नू भएको कुराहरू मेरो मानसपटलमा मेमोरि कार्ड भएर बसेको छ। उहाँको लामो अन्तर्वार्ता मसग छ।
विशेष धन्यवाद:- भाउजू रिन्छिन योन्जन,श्रद्देय गोपाल योन्जन,रत्नपुस्तकका प्रो. गोबिन्द श्रेष्ठ , ईश्वर आमात्य, गोपाल योन्जन दाइको अमर र अन्तिम निशानिलाइ माया गरेर स्वरले गाउनु हुने मेरा परम मित्र Dharma Manandhar जीलाइ ।
प्रकाशित मिति : 17:14









