राष्ट्रपतिद्वारा राजेश हमालसहित विभिन्न व्यक्तिलाई विभूषण प्रदान (फाेटाेफिचर)
१ वैशाख, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन्। असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण आज प्रदान गरेका हुन्।
राष्ट्रपतिबाट विभूषित हुनेहरूमा मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, दीपकराज गिरीलगायत छन्। शुक्रबार शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।


प्रकाशित मिति : April 14, 2023 at 2:13 pm









