२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा ११ महिनामा तीन किलोमिटर कालोपत्रसहित २० किलोमिटर बाटोमा स्तरोन्नति गरिएको छ । इनरुवाका नागरिक समाजले विकासमा गति दिन आग्रह गरेका बेलामा नगरप्रमुख केदार भण्डारीले आफूले पदभार ग्रहण गरेको ११ महिनमा चार स्थानमा गरी तीन किलोमिटर कालोपत्रसहित १० वटै वडाका बाटोमा स्तरोन्नति गरेको बताउनुभयो ।

विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले आफू लागिपरेको र छोटो समयमा कैयाँै जीर्ण बाटोको स्तरोन्नति गरेको भण्डारीले बताउनुभयो ।
इनरुवा–४, ५ र ६ सहितका बाटोमा कालोपत्रसहित स्तरोन्नति गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, नगर क्षेत्रका सामुदायिक विद्यालयमा माटो पुर्नेदेखि मैदानको स्तरोन्नति गर्ने कार्यसमेत गरेको उहाँले बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा निःशुल्क ल्याब सेवा

सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क ल्याब सेवा दिन थालेपछि सेवाग्राहीको आवागमनमा वृद्धि भएको छ ।

जिल्ला अस्पताल र अन्य निजी अस्पतालमा महँगो रहेको ल्याब सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क सेवा दिएकाले सेवाग्राहीको चाप बढेको हो । इनरुवा नगरपालिकासहित आसपासका बिरामी आउने र स्वास्थ्य परीक्षणसँगै रगतको विभिन्न जाँच र पिसाबको जाँचसमेत निःशुल्क भएकाले सेवाग्राहीको आवागमनमा वृद्धि भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक सञ्जीवकुमार यादवले जानकारी दिनुभयो । दैनिक सेवा लिन आउनेलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क परामर्श, औषधिसहित ल्याब सेवा पनि निःशुल्क रहेकाले सेवाग्राहीको आवागमन बढेको केन्द्रका प्रमुख डा यादवले बताउनुभयो ।

प्रकाशित मिति : April 13, 2023 at 6:51 pm