वरिष्ठ कलाकार हरिवंश आचार्य एडिलेडमा
३० चैत, एडिलेड । नेपाली वरिष्ठ कलाकार हरिवंश आचार्य एडिलेड आइपुगेका छन् । एडिलेड एयरपोर्टमा आचार्यलाई एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष संजय पुरी, रेड राइनो क्रिकेट क्लवका अध्यक्ष हेम श्रेष्ठ सहित क्लवका खेलाडी तथा अगुवाहरुले स्वागत गरेका छन्। आचार्य रेड राईनो क्रिकेट क्लवको निमन्त्रणामा एडिलेड आएका हुन् ।
पत्नी रसिला सहित आइ पुगेका आचार्यले यहाको नेपाली समुदाय र क्लवका खेलाडीहरुलाई भेटेर अन्तर्क्रिया गर्ने बताए । उनी अप्रिल १६ मा क्लवको आयोजना हुने गाला डिनरमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
स्थानिय इलिङटन फङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रममा पहिलो चरणमा क्लवका संरक्षक समेत रहेका आचार्यको उपस्थितिमा खेलाडी तथा सहयोगीहरुलाई प्रमाणपत्र वितरण तथा क्लवका गतिविधि बारेमा प्रस्तुति रहने क्लवका अध्यक्ष हेम श्रेष्ठले बताए ।


प्रकाशित मिति : April 13, 2023 at 4:16 pm









