६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

एकदिन पनि टिकेन सेयर बजारको रौनक, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

३० चैत, काठमाडाैं । याे बर्षकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार घटेकाे छ । बुधावर उछाल आएको बजारको रौनकता एकदिन पनि टिक्न सकेको छैन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.०७ अकंले घटेर १९३४.४७ बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा १ अर्ब ६५ कराेड ३३ लाख बढीकाे काराेबार भएकाे छ ।  आज कारोबार भएका २७ कम्पनीको सेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ८ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकोछ । आर्दश लघुवित्त, कालिन्चोक दर्शन र मैलुङ हाईड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हाे ।यस दिन  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १५:१६