१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

तपाईंकाे डिम्याट खातामा आयो त एक बैंककाे १३.५ प्रतिशत बोनस सेयर ?

३० चैत, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेकाे छ ।  बैंकले पुस ३० गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट पारित भएको १३.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई पुस १९ गतेसम्म डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरीएकाे बैंकले जनाएकाे छ । सो मिति  पश्चात डिम्याट खाता अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश उक्त बाेनस सेयर सम्बन्धित सेयरधनीकाे खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

साथै, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने पनि बैंकले जनाएको छ ।

प्रकाशित मिति : April 13, 2023 at 9:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/