बझाङको बुङ्गलमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते
२३ असोज, डडेल्धुरा । बझाङको बुङ्गलमा मंगलबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाकाे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको डीएसपी धितालले जानकारी दिए ।
प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १२:४७












