३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ। बढुवा सिफारिस समितिको बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् भने विकासराज खनाल १३ औं नम्बरमा छन् ।

डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

यस्तै भरतबहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि बढुवाका लागि सिफारिस गरिएको छ । २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएका हुन् ।

प्रकाशित मिति : 18:53