२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सगरमाथामा हिम पहिरो, तीनजना आरोही बेपत्ता

२९ चैत, काठमाडौं । सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेलका अनुसार, हिम पहिरोमा परेर तीनजना शेर्पाहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा, खुम्बु पासाङ गाउँपालिका ५ का २१ वर्षीय, लाक्पा रिता शेर्पा, दा छिरी शेर्पा, ३२ वर्षीय लाक्पा टेण्डी शेर्पा र ४२ वर्षीय लाक्पा रिता शेर्पा छन् । उनीहरु खुम्बु पासाङ गाउँपालिका ४ स्थित बेस क्याम्प र क्याम्प वानको बीचमा बेपत्ता भएको महानिर्देशक लुइटेलले जानकारी दिए ।

उनले भने, ‘ इमेजिङ नेपाल ट्रेकिङ एजेन्सिबाट त्यहाँ गएका उनीहरु वेपत्ता भएको खबर पाउना साथ सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ । अहिले सम्म अवस्था पत्ता लागेको छैन् । हिउँको डिस्को खसेर उनीहरुलाई पुरेको जानकारी आएको छ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह प्रवक्ता टेक नारायण पौडेलले यो घटना भएको खबर आउना साथ मन्त्रालयले आवश्यक जानकारी लिएर उद्वार प्रभावकारी बनाउन भनेको बताए ।

उनले भने ‘पर्वत आरोहीका लागि आवश्यक सामान ढुवानीका क्रममा यो घटना भएको प्रारम्भिक जानकारी आएको छ । अहिले खोजी जारी छ ।’ उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ ।

प्रकाशित मिति : April 12, 2023 at 5:07 pm