२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

कांग्रेस नेता एवं चौदण्डीगढीका मेयर रार्इले दर्ता नगरी अबैध अस्पताल चलाएको खुलासा

२४ असोज, उदयपुर । नेपाली कांग्रेसका नेता एवमं चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र रार्इले राजनीतिक प्रभावमा दर्ता बिनानै अस्पताल सञ्चालन गर्दै अाएको खुलासा भएको छ । चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको बजार अनुगमनका क्रममा यस्तो खुलासा भएको हो । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत खेमराज थापाको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईको निजी अस्पतालमा सिलबन्दी गरेको छ ।

अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा रहेको चौदण्डीगढी हस्पिटल बन्द गरेको हो । हस्पिटलको इजाजत पत्र र अन्य आवश्यक कागजात फेला नपरेपछि बन्द गरेको अनुगमन टोलीका प्रशासकीय अधिकृत थापाले जानकारी बताएका छन । ‘कुनै पनि सरकारी मापदण्ड पूरा गरेको भेटिएन,’ उहाँले भन्नुभयो, ‘कागजात पूरा गरेर नल्याएसम्मको लागि सिलबन्दी गरेका हौँ, मेयर साबले किन बन्द गरेको भन्दै प्रश्न गर्नुभएको छ ।’

आफ्नो हस्पिटलमा सिलबन्दी गरेपछि मेयर राईले अनुगमन टोलीका संयोजक थापासँग आक्रोश व्यक्त गरेका छन । उनले नगरपालिकालाई पूर्व जानकारी नदिई बजार अनुगमन टोलीले एक्कासी बजार अनुगमन गरेर हस्तक्षेप गरेको बताएका छन । उनले अागामी दिनमा अाफूलार्इ पूर्व सूचना नदिर्इ अनुगमन नगर्न पनि अाग्रह गरेका छन ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १२:१८