सीके राउतलाई राज्यविरुद्ध अपराधको मुद्दा, इन्काउन्टर गर्न युवाहरूको माग
२२ असोज, काठडमाडाैँ । जिल्ला प्रहरी कार्यालय राैतहट गौरले सीके राउतलाई राज्यविरुद्ध अपराधको मुद्दा चलाएको छ । उनलाई सोमबार प्रहरीले अदालत पेस गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । राउतलाई ४ दिन म्याद थपेर प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
राउतसँगै उनका समर्थक चारजनालाई पनि मुद्धा चलाइएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सीके राउतलाई प्रहरीले आइतबार रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको थियो । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो । उनीसँगै उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए । राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो । यता सामाजिक सञ्चाजलमा भने अधिकांशले राउतलार्इ इन्काउन्टर गर्न माग गरेका छन । राउत पक्राउबारेका समाचार पढेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो माग गरेका हुन ।
प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार २१:३९












