११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मर्जर प्रक्रिया स्वीकृत गर्न नेरुडे र मिर्मिरे लघुवित्तले एकैदिन बाेलाए साधारणसभा

२६ चैत, काठमाडाैं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै लघुवित्तको सञ्चालक समितिले विशेष साधारणसभा वैशाख १० गते आयोजना गर्ने निर्णय गरेका हुन्। नेरुडेको सभा मोरङको विराटनगरस्थित उद्योग संगठनको सभाहलमा बिहान ११ बजेबाट र मिर्मिरेको सभा काभ्रेको धुलिखेलस्थित होटेल सारथीमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।

दुवै कम्पनीकाे सभाले नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरका सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछन्।

मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ र संस्थाको रजिस्र्टर्ड कार्यालय काभ्रेको बनेपामा तथा कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकाभित्र काठमाडाैं र ललितपुर महानगरपालिकाबाहिर रहने प्रस्ताव सभाले पारित गर्नेछ। मर्जर प्रयोजनका लागि तय गरिएको १ः१ सेयर स्वाप रेसियो पनि दुवै सभाले अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनका लागि दुवै लघुवित्तले वैशाख ३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ चैत ३० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यी दुवै लघुवित्तको सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : April 9, 2023 at 12:28 pm