८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सिद्धार्थ बैंकको करिब ९० हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२६ चैत, काठमाडाैं । सिद्धार्थ बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेकाे ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेकाे १४ हजार ३५३ कित्ता गरी कुल ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको सेयरमा हाल बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाडाैंकाे हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयको कम्पनी सचिवको कार्यालयमा सम्पर्क सक्नेछन् ।

तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिद गर्नका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम साे सेयर अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : April 9, 2023 at 9:48 am