८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

खुजुरा पैसाको बिटो दिएर खेलप्रतिको सम्मान हुँदैनः सांसद गौतम

२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले खेल जितेको बेला खुजुरा पैसाको बिटो दिएर खेलप्रतिको सम्मान नहुने बताएकी छिन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले खेलको सम्मानका लागि नेपाली राष्ट्रिय फुटबल खेलका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृती दिलाउन माग गरीन् ।

उनले भनिन्,‘नेपाली राष्ट्रिय खेलको मुख्य प्रशिक्षकले खेल त्रिदेशिय खेलसम्म जिताईसके तर अहिलेसम्म उनले श्रम स्वीकृती पाउन सकेको छैनन् यो खेलप्रतिको उदासीलता विसङ्गति र विकृति हो ।

खेल जितेको बेला खुजुरा पैसाको बिटो लगेर दिने वित्तिकै खेल प्रतिको सम्मान हुँदैन त्यसैले खेलको सम्मान गर्ने हो भने अव्यवस्थीतको मार भित्र मुख्य प्रशिक्षकलाई नपारी उनको श्रम स्वीकृती दिलाउनु पर्छ र तलब भत्ता सुनिश्चितको व्यवस्था गर्नुपर्छ ।’

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:२६