प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से
२३ चैत, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८१ अंकले बढेर १८७५.८८ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ७ स्टकको ३२ हजार १७९ रुपैयाँ बराबरको १७० कित्ता सेयर किनेबेच भएकाे छ ।
प्रकाशित मिति : April 6, 2023 at 10:59 am









