२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

अष्ट्रेलियामा माधव नेपालको संगठनका अध्यक्ष र उपाध्यक्षसहितले पार्टी छाडे

२३ चैत, अष्ट्रेलिया । अष्ट्रेलियामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निकटका प्रवासी नेपालीले पार्टी छाडेर स्वतन्त्र वामपन्थी बन्ने घोषणा गरेका छन । बिहीबार सात जनाले संयुक्त विज्ञप्ति मार्फत आफूहरू स्वतन्त्र बन्ने घोषणा गरेका छन । प्रवासी नेपाली एकता मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सहसंयोजक राजनकुमार बस्नेतसहित अष्ट्रेलियाका सबैले पार्टी परित्यागको घोषाण गरेका हुन । उनीहरू अहिले आवश्यकता भनेको वामपन्थी एकताको भएको बताएका छन ।

प्रवासी नेपाली एकता मञ्च त्याग्नेमा अन्तराष्ट्रिय कमिटीका सहसंयोजक समेत रहेका अष्ट्रेलियाका संयोजक राजनकुमार बस्नेत, अन्तर्राष्ट्रिय कमिटीका सदस्य समेत रहेका अष्ट्रेलिया कमिटीका उपाध्यक्ष माधव शाह, मञ्चको अष्ट्रेलियाका प्रवक्ता हरेरमा चन्द्र राउत र सदस्यहरू प्रेम घिमिरे, वीरेन्द्र उदास, रामकृष्ण कार्की र दामोदर रावल रहेका छन । उनीहरूले सामूहिक विज्ञप्ति मार्फत पार्टी छाडेको घोषणा गरेका छन ।

उनीहरूले पार्टीका नेताहरू जुँगाको लडाइँमा लागेको, नयाँ विचार, नयाँ संगठन, नयाँ जोश र जांगर लिएर जनताको भरोसा जितेर अगाडी जान सक्छ कि भन्ने विश्वास गुमेको बताएका छन ।

यस्तो छ विज्ञप्ति

प्रेस वक्तव्यः

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि वनेको नेकपाको प्रवासमा कृयाशिल कमिटी नेपाली प्रवासी एकता मंच, अष्ट्रेलियामा संगठीत रहेका हामी कार्यकर्ताहरु नेकपामा विकसित अन्तर कलहवाट अछुत रहन नसकेको कुरा सर्वविदितै छ।तत्कालिन पार्टी नेतृत्वको सामुहिक रुपमा पार्टी संचालन नगर्ने एकल तरीकाले आजित भएका हामीलाई तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्षको संसद विघटन गर्ने कार्यले झन वलेको आगोमा घिउ थप्ने कार्य गर्यो।अन्तर विरोध गहिरीन थाले पछि अन्तर पार्टी वैठक, वहस र छलफलवाट गलत कार्यको आलोचना गरी सहि निचोड निकालेर सोही अनुसार व्यवस्थापन गर्ने तिर लाग्नु पर्नेमा नेताहरुको जुंगे लडाइमा कोही एता र कोही उता लाग्ने कार्य हामीवाट हुनु एक वामपन्थी कार्यकर्तालाई सुहाउने कार्य पटक्कै थिएन।जुंगे लडाईको शिकार वनेका हामी विद्रोहको नाममा नेकपामा आएको विग्रहवाट छिन्नभिन्न हुन पुगेउ। विभाजनले हामीलाई क्षतविक्षत गर्यो।विभाजन पछि नेकपा एकिकृत समाजवादीमा संगठीत हुन पुगेका हामीलाई विद्रोह वाट वनेको नया पार्टीले नया विचार, नया संगठन,नया जोश र जॅागर लिएर जनताको भरोसा जितेर अगाडी जान सक्छ कि भन्ने विश्वाश जागेको थियो।तर विद्रोहको नेतृत्व गरेका नेताहरुको भुमिका तत्कालिन नेकपा नेतृत्व भन्दा झन तल्लो स्तरमा पुग्न थाल्यो र त्यतिवेला विद्रोह नाम दिईएको “भद्रगोल” विद्रोह नभएर शक्तिमा पुग्ने र सिमित नेताहरुको निहित स्वार्थ पुरा गर्ने भर्यांगको रुपमा विकसित हुन पुगेको आभाष हुन थाल्यो।त्यसैले कम्युनिष्ट पार्टीको विचार,पद्दती र लक्ष्य अनुरुप नेकपा एकिकृत समाजवादीले पनि आगामी वाटो सहि रुपमा निर्धारण गर्ने देखिएन।वरु जुन सुकै वेला एमालेले मागे अनुरुपका पदहरु दिए एमालेमा जाने नत्र सत्ता यात्राको क्रममा जो सुकै सॅग भए पनि र जसरी भए पनि सहयात्रा गर्ने वाटोमा पार्टी हिडेको प्रष्ट देखे पछि अव त्यो पार्टीले देश र जनताको सवालमा कुनै चमत्कार गर्ने छॅाटकॅाट नदेखेकोले सो पार्टीको कमिटी पद्दती र सदस्यको रुपमा रही रहन नसक्ने अवस्थामा पुगेको हुनाले आजकै मितीवाट लागु हुने गरी आफु वसेको कमिटी र पार्टीकै साधारण सदस्य समेत त्याग गरेको घोषणा गर्दछौं र आज उप्रान्त आगामी दिनमा देश र जनताको आमुल परीवर्तन गर्न समग्र वामपन्थी एकता पक्षमा जोड दिदै तत्कालका लागि एक स्वतन्त्र वाम विचार वोकेको सामान्य व्यक्तिको रुपमा आफुलाई उभ्याउन चाहन्छौ।
अभिवादन सहित

-राजन कुमार वस्नेत
सह संयोजक ,प्रवासी नेपाली एकता मन्च अन्तराष्ट्रिय कमिटी
अध्यक्ष ,प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-माधव शाह
सदस्य, प्रवासी नेपाली एकता मन्च अन्तराष्ट्रिय कमिटी
उपाध्यक्ष, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-हरेराम चन्द्र राउत
प्रवक्ता, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-प्रेम घिमिरे, सदस्य प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-वीरेन्द्र उदास, सदस्य, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-राम किष्ण कार्की , सदस्य, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-दामोदर रावल, सदस्य प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया

प्रकाशित मिति : April 6, 2023 at 8:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/